पर्वत- जन्मदिन मनाउने सबैका आ–आफ्नै तरिका हुन्छन् । कसैले केक काटेर मनाउने गर्छन । कसैले साथीभाइहर्रुलाई पार्टी दिएर मनाउने गरेका उदाहरण प्रशस्त भेटिन्छन् । तर, नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेलले आफ्नो जन्मदिन फरक ढंगले मनाए ।
पौडेल आफ्नो २७ औँ जन्मदिनको अवसरमा फलफुल बोकेर मोदीवेणी दिव्यधाम आश्रममा पुगे । उनी आउने खवर पाएपछि बृद्धबृद्धाहरु जम्मा भएर बसेका थिए । खुशीमुद्रामा देखिएका पौडेलले बृद्धबृद्धाहरुलाई १÷१ केजीका दरले -स्याउ, केरा, सुन्ताला_ फलफुल वितरण गरे । आश्रममा १० जना बृद्धबृद्धाहरु थिए । फलफुल हातमा लिएपछि सबै बृद्धबृद्धाहरुले पौडेललाई आर्शिवाद दिएका थिए ।
बृद्धबृद्धाहरुले यस्तै सबैले सहयोग गरेकाले आफुहरुलाई थप सहज भएको बताएका थिए । पौडेलले जन्मदिनलाई भड्किलो पनलाइृ निरकरण गर्न आफुले फलफुल वितरण गरेको बताए । समाजमा जन्मदिन मनाउने तरिका भड्किलो बन्दै गएको छ, पौडेलले भने,‘जन्मदिनलाई सार्थकता बनाउन पनि हामी जस्ता युवाहरुले सामजिक कार्य सँगै जन्मदिन बनाउनु पर्छ ।’
नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका ईकाई सभापति समेत रहेका पौडेलले विगतमा पनि आफ्नो जन्मदिनमा दुर्गमका विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गरेको बताए । विद्यार्थी नेता सहित आश्रममा पुगेका पौडेलले आगमी दिनमा पनि आश्रममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी संघ फलेवास नगरपालिकाका सभापति सन्तोष पाठकले गरेका थिए ।