पर्वतको जलजलामा आयोजित रक्तदान कार्यक्रमबाट ६० पिन्ट रगत संकलन - News site from Nepal

पर्वत- नेपाल तरुण दल जलजला गाउँपालिका पर्वतले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।
कोरोना भाईरसका कारण रगतको अभाव हुन थालेपछी रगतको अभाव हुन नदिन आइतबार महोन चोकमा भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले युवाहरुले बिरामीलाई रगतको अभाव हुन नदिन गरेको रक्तदान कार्यक्रम उदारणीय रहेको बताउनुभयो ।सामाजिका कार्य गर्न तरुण दल सदैब अगाडी रहेको उहाँको भनाई थियो । कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले समाजमा हुने हरेका परिवर्तनमा युवाहरुको महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पर्वतको समन्वय र रक्त सञ्चार केन्द्र बागलङको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा तरुण दल जलजलाका अध्यक्ष प्रकास फगामी पुनको अध्यक्षता उपाध्यक्ष मनोहरी आचार्यको स्वागत र सचिव पुर्णबहादुर बरुवालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!