पिपलटारीको पुर्णेश्वर स्वर्ण महोत्सव समापन कार्यक्रम एक महिना पछि धकेलियो - News site from Nepal
पर्वत : पर्वतको कुश्मा नगरपालिका १२ पिपलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेका केही कार्यक्रमहरुलाई पछाडी सारेको छ ।सामाजिक सञ्जाल फेसबुकमार्पmत सार्वजनिक गरिएको सूचनामा यही माघ १४, १५, १६ र १७ गते ४ दिनसम्मगर्ने भनिएका कार्यक्रमहरुलाई पछाडी सारेर फागुनको १४, १५, १६ र १७ गते संचालन गर्ने जानकारी गराइएको छ । पूर्णेश्वर माध्यमिक विद्यालय स्वर्ण महोत्सव सचिबालयको शनिवार बसेको बैठकबाट कार्यक्रमहरु पछाडी सार्ने निर्णय भएको बताइएको छ ।

महोत्सवका कार्यक्रमहरु बिशेष कारणबस सार्नुपरेको बताइएको भएपनि तोकिएकै समयमा गर्न नसक्नुका कारणहरु भने स्पष्ट पारिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!