मानव अधिकार संगठन पर्वतको कार्यालय स्थापना - News site from Nepal
मानव अधिकार संगठन पर्वतको कार्यालय स्थापना

पर्वत – नेपाल मानव अधिकार संगठन पर्वतको कार्यालय स्थापना भएको छ । जिल्लामा लामो समयदेखि क्रियाशिल रहेपनि कार्यालय भने बल्ल स्थापना गरिएको हो ।
नयाँ कार्यालयको नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य हरिनायण रेग्मी र जिल्ला अध्यक्ष माधव पौडेलले रिवन काटेर उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै केन्द्रीय सदस्य रेग्मीले मानवअधिकार कर्मीहरुले बास्तविक पिडितको पक्षमा वकालत गर्नुपर्ने बताउनुभयो । उहाँले निष्पक्ष, स्वतन्त्र र तटस्थ रुपमा संस्थालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागिहरुले संस्थाका भावी योजनाहरु र संस्थालाई के कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा बिचारहरु राख्नुभएको थियो । सो अवसरमा शाखा अध्यक्ष पौडेलले आफुलाई लामो समयदेखि कार्यालय स्थापनाको योजना बनाएको बताउँदै आफु अध्यक्षमा निर्वाचित भएपनि शुरुकै कामको रुपमा कार्यालय संचालन गरिएको बताउनुभयो ।
शाखा अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब रुद्रप्रसाद शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा शाखाका सल्लाहाकारहरु द्रोणराज उपाध्याय, जगत सापकोटा, कुलप्रसाद उपाध्याय लगायतले पनि बोल्नुभएको आफ्ना विचारहरु राख्नुभएको सहसचिब शान्ति शर्मा कुमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari