पर्वतको विहादी गाउँपालिकामा विदेशबाट फर्किएका ४५ जना सम्पर्कमा - News site from Nepal

पर्वत । विदेशबाट नेपाल फर्किएकाहरुमा कोरोना भाईरसको संक्रमण देखिन थालेपछि गाउँपालिका तथा नगरपालिकाहरुले विदेशबाट फर्किएकाहरुको खोजी कार्य शुरुगरेका छन ।

हालसम्म विदेशबाट फर्किएका ३ जनालाई भाइरसको संक्रमण देखिएको छ ।

३ जना मध्ये एक जनालाई निको भएको छ भने दुई जना उपचाररत छन ।

यहि क्रममा पर्वत जिल्लाका ७ वटै स्थानीय तहहरुले वडा भित्र आफ्ना नागरिकहरु कुन कुन देशबाट कहिले फर्के भन्ने तथ्यांक निकाल्न थालेका छन ।

यसैक्रममा पर्वत जिल्लाको विहादी गाउँपालिकाले हालसम्म ४५ जना विदेशबाट केहि समय अघि मात्रै गाउँपालिका भित्र आएको सुुचि निकालेको छ ।

गाउँपालिकाले विदेशबाट आएको सुचि तत्काल निकाल्न वडाअध्यक्षहलाइ दिएको निर्देशनका आधारमा गाउँपालिकाले यस्तो सुचि निकालेको हो ।

‘हालसम्म ४५ जना सम्पर्कमा आएका छन’ गाउँपालिकाका अध्यक्ष कमल भुषालले भने –‘बाँकी कोहि छन कि भनेर खोजी गरीरहेका छौं। ’ विदेशबाट आउनेहरुलाई स्वास्थ्यकर्मी, जनप्रतिनिधि र प्रहरीको समन्वयमा घरमै बस्न र बाहिर ननिस्कन निर्देशन दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी भुषालले जानकारी दिए ।

भुषालका अनुसार विदेशबाट आउनेहरु मध्येमा हालसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन । स्वास्थ्यमा समस्या आएमा उनीहरुको उपचारका लागि रिफर गरिनेछ । सवै स्वास्थ्य चौकीका कर्मचारीहरु हाइअलर्टमा राखिएको शाखा प्रमुख भुषालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!