प्रमुख समाचार

नेकपा गण्डकी प्रदेशको १३ सदस्यीय सचिवालय गठन, – हेर्नुहोस् को को परे !

By लोकतन्त्र अनलाईन

February 26, 2020

पर्वत– नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश कमिटिको सचिबालय कमिटि गठन भएको छ । पोखरामा सम्पन्न प्रदेश भेलाले नेकपा गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेको संयोजकत्वमा १३ सदस्यीय सचिवालय कमिटि गठन गरेको हो । कमिटिमा प्रदेश कमिटि सचिब गोविन्द नेपाली र ११ जिल्लाका जिल्ला अध्यक्षहरु रहेका छन् । पार्टीको मंगलवार र बुधवार बसेको वैठकले सचिवालय सँगै जिल्लाव्यापी अभियान संचालन गर्ने र यहि फागुन २२ र २४ गते सवै जिल्ला कमिटिको वैठक बोलाउने निर्णय समेत गरेको प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले जानकारी दिनुभयो । यस अघि आयोजित नेकपाको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्वोधन गर्नुभएको थियो ।