पर्वतको तिलाहारमा बहुउद्देश्यीय भवन बन्ने - News site from Nepal
पर्वतको तिलाहारमा बहुउद्देश्यीय भवन बन्ने

पर्वत – जिल्लाको मोदी गाउँपालिका वडा न ६ तिलाहारमा बहुउद्देश्यीय भवन निर्माण हुने भएको छ । गाउँपालिकाले वडा न ६ मा खेलकुद, मनोरञ्जन तथा सभाहल समेतको प्रयोग गर्न मिल्ने गरी बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो ।

वडा न ६ अध्यक्ष तथा मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेका अनुसार बहुउद्देश्यीय भवनलाई इन्डोर खेल, कर्भड हल तथा सभा समारोहमा प्रयोग गर्ने गरी भवन निर्माण गर्न लागिएको हो ।

भवन निर्माण प्रक्रिया केहि दिनमै शुरु हुने लामिछानेले जानकारी दिए । झण्डै सवा करोडको लागतमा टेण्डर आब्हान भएको उक्त भवनको निर्माण कार्य ७८ लाख ८३ हजार ४ सय ३ रुपैयामा हुने लामिछानेको भनाई छ । उक्त भवनको निर्माण कार्यका लागि अपार निर्माण सेवाले जिम्मा लिएको छ । गाउँपालिका स्तरीय सामुदायिक भवनको रुपमा उक्त भवनलाई बहुउद्देश्यीय भवनको रुपमा निर्माण कार्य शुभारम्भ गरिने लामिछानेले बताए ।

गाउँपालिका भित्र ठूलो क्षमताको बहुउद्देश्यीय भवनको अभाव भईरहेको बेला उक्त भवनले अभाव पूर्ति गर्ने बताइएको छ । भवन निर्माण कार्यका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट १५ लाख र बाँकी रकम गाउँपालिका तथा प्रदेश सरकारको साझेदारीमा सम्पन्न हुने लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!