महोत्सवमा ढकालको प्रस्तुती हेर्ने दर्शकहरु उभिएरै भए पनि रातको ९ बजे सम्म बसेका थिए । प्रस्तुतिको सुरुमा बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस गीत बाट सुरू गरेका ढाकालले १ दर्जन भन्दा बढी गीत प्रस्तुत गरेका थिए ।
चरीले त छोडेर गइ हाल्यो, आरालो लागेको हरिणको चाल भो, गाँजलु ति ठूला ठूला आखाँ लगायतको गीतहरू प्रस्तुति चलिरहँदा दर्शक दीर्घाबाट पटक–पटक तालीको गडगडाहट बर्सिएको थियो । दर्शकको समर्थन र हौसलाबाट उनी उत्साहित देखिन्थे ।