पर्वतका पर्यटकीय स्थललाई व्यवस्थित गर्न यथेष्ट बजेट बिनियोजन गरिएको छः मन्त्री लम्साल - News site from Nepal

पर्वत
छैटौँ पर्वत महोत्सवको तेस्रो दिन शनिवार एकैदिन ३० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् ।
शनिवार विदाको दिन परेको हुदाँ पनि अत्यधिक दर्शक महोत्सव अवलोकनका लागि आएको आयोजकले जनाएको छ ।
शनिवार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले कार्यक्रलाई सम्बोधन गर्नुभएको थियो भने चर्चीत कलाकार रामकृष्ण ढकाल,कला लम्साल,ईश्वर सिहं लगाएतका चर्चीत कालाकारको बजेड प्रस्तुती रहेको थियो ।
महोत्सवलाई सम्बोधन गर्दै मन्त्री लम्सालले परम्परागत रुपमा लाग्नेमेलाहरु हिजो आज महोत्सवका रुपमा विकास हुदै गएको र यस्ता खालका मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
नेपालको चौथो सानो जिल्ला भएर पनि पर्वत प्राकृतिक स्रोत साधन,नदी,नाला तथा प्राकृति,सामाजिक र पर्यटकीय हिसावले धनी जिल्ला रहेको चर्चा गर्नुभयो । मन्त्री लम्सालले पर्वत पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकासोन्मुख हुदै गएको बताउनुभयो । कुस्मा बजार नजीकै रहेका प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफा र मोदीवेनी ,पन्चासे ,हम्पालको लेक र डहरेको लेक,शिला शालिग्राम,पैयूँकोट,मल्लज दरबार, अग्ला अग्ला झोलुगेंपुलहरु,यहाँका होमस्टे तथा संस्कृतिहरु स्वदेशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र भएको बताउनुभयो । पर्वतका पर्यटकीय संभावना बोकेका पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्न प्रदेश सरकारले यथोष्ट बजेट विनियोजन गरेको बताउदै मन्त्री लम्सालले अबको दुई बर्ष भित्र पर्वतको पर्यटनले ठुलो फड्को मार्ने दाबी गर्नुभयो । साहासकि पर्यटनका लागि समेत पर्वत उत्तिकै धनी रहेको भन्दै ¥याफ्टिङ सञ्चालन हुदै आएको कालिगण्डकी नदी र यहाँ निर्माणको अन्तिम चरणमा रहेको बञ्जिजम्पले पर्वतको पर्यटनमा उल्लेखनिय प्रगति हुने दाबी गर्नुभयो ।
पर्वतको जलजलामा रहेको मृगसरोवरलाई भारतको जस्तै नैनीतालको रुपमा विकास गर्न लागिएको,पञ्चासे,डहरे,शालिग्राम,मोदीवेनी जस्ता पर्यटकीय क्षेत्रहरुमा थप पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले बजेट बिनियोजन गरेको उहाँको भनाई थियो ।
महोत्सव समयमा झण्डै १ करोड बराबरको आर्थिक कारोबार भएको आर्थिक संयोजक गोपि अधिकारीले जानकारी दिनुभयो ।
दर्शकहरुको उत्साहजनक सहभागिताले हौसला थपिएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो । उहाँले दर्शकले गरेको अपार मायाका कारण महोत्सव पूर्ण रुपमा सफलताको नजिक पुगेको महसुस भएको संयोजक शर्माले बताउनुभयो ।

पर्वत उद्योग वाणिज्य संघले हरेक तीन – तीन वर्षमा गर्दै आएको महोत्सवलाई अरु मेलाको तुलनामा भिन्न बनाउने प्रयास गरिएकोले दर्शकहरुको आकर्षण बढेको उहाँले दाबी गर्नुभयो । दर्शकहरुको रुची र चाहानालाई मध्यनजर राख्दै विविधतापूर्ण मनोरञ्जनको व्यवस्था मिलाइएको महोत्सव प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो । जसले गर्दा मेलामा आउने दर्शकहरु पूर्ण रुपमा सन्तुष्ट रहेको पौडेलको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!