पर्वत महोत्सवमा एकैदिन ३० हजार दर्शक, करोडको कारोबार - News site from Nepal
पर्वत महोत्सवमा एकैदिन ३० हजार दर्शक, करोडको कारोबार

पर्वत– छैटौ पर्बत महोत्सबमा दर्शकहरुको घुइचो दिन प्रतिदिन बढ्दै गएको छ । महोत्सबमा शनिबार दर्शकहरुको जनसागर उर्लीएको हो । शनिबार एकैदिन ३० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । शनिबार बिदाको दिन परेको हुदाँ पनि अत्यधिक दर्शक महोत्सब अबलोकनको लागी आएको आयोजकले जनाएको हो । त्यसक्रममा झण्डै १ करोड बराबरको आर्थिक कारोबार भएको आर्थिक संयोजक गोपि अधिकारीले जानकारी दिनुभयो ।
शनिबार दर्शकहरुको उत्साहजनक सहभागिताले हौसला थपिएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो । उहाँले शनिबार दर्शकले गरेको अपार मायाका कारण महोत्सब पूर्ण रुपमा सफलताको नजिक पुगेको महसुस गरेको संयोजक शर्माले बताउनुभयो ।
पर्वत उद्योग वाणिज्य संघले हरेक तिन तिन बर्षमा गर्दै आएको महोत्सबलाई अरु मेलाको तुलनामा भिन्न बनाउने प्रयास गरिएकोले दर्शकहरुको आकर्षण बढेको उहाँले दाबि गर्नूभयो । दर्शकहरुको रुची र चाहानालाई मध्यनजर राख्दै बिबिधता पूर्ण मनोरञ्जनको व्यवस्था मिलाइएको महोत्सब प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो । जसले गर्दा मेलामा आउने दर्शकहरु पूर्ण रुपमा सन्तुष्ट रहेको पौडेलको भनाई थियो । शनिबार दर्शकहरुको चापले मेलास्थल भरिभराऊ बनेको थियो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, हस्तकला, कृषिजन्य उत्पादन लगायतका स्टलहरुमा दर्शकहरुको भिड लागेको थियो । सबै महोत्सब स्टलहरु अरु दिनको तुलनामा आज उच्च आर्थिक कारोबार भएको स्टल संयोजक सुनिल भुषालले बताउनुभयो । मेलामा रोमाञ्चक भलिबल प्रतियोगिताले थप रौनकता थपेको थियो ।
त्यस्तै महोत्सवमा ‘आई लभ पर्वत’ नामक काठको तस्बीर अंकित ठाउँले दर्शकलाई आकर्षित गरेको छ ।उक्त स्थानमा दिनभर सेल्फी खिच्नेहरुको भिड देखिन्थ्यो । राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्यो । साझ चर्चित गायक रामकृष्ण ढकालले स्टेज तताएका थिए । लोक पप गायक ढकालको एकल सांझ महोत्सवको मूख्य आकर्षणको केन्द्र वनेको थियो । राती अबेर सम्म पनि रामकृष्ण ढकालको प्र्रस्तुतीमा दर्शकहरु झुमेका थिए । त्यस्तै विमलराज क्षेत्री, सरस्वती लामिछाने र स्थानिय कलाकारको प्रस्तूति लाई दर्शकहरुले मनोरन्जनको साथ हेरी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!