पर्वतको कार्किनेटामा शोकसभा सम्पन्न, स्वर्गिय पौडेल कम्युनिष्टको शतिसाल हुनुहुन्थ्यो ः नगरप्रमुख शर्मा - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटा निवासी नेपाल कम्युनिष्ट पार्टीका पुराना नेता स्वर्गिय तोयानाथ पौडेलको निधन भएको १३ औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
तत्कालीन गाउँ पञ्चायत वडा अध्यक्षका प्रत्यासी, किसान संघका गाविस सदस्य, देउराली प्राथमिक विदालय व्यवस्थापन समितिका सदस्य पौडेलको गएको भदौ २८ गते मृत्यु भएको हो । श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै नेकपा पर्वतका युवा नेता तथा फलेवास नगरपालिकाका अध्यक्ष पदमपाणी शर्माले समाजवाद ल्याउनका लागि तोयानाथ पौडेल जस्ता सच्चा कम्युनिष्टहरुको ठुलो योगदान रहेको बताउनुभयो । उहाँले मुलुकमा जवसम्म समाजवाद आउँदैन तबसम्म कम्युनिष्ट आन्दोलनले पुर्णता नपाउने बताउनुभयो । उहाँले सामाजिक परिवर्तनका लागि पौडेलले शतिसालझै अनबरत रुपमा लागेको प्रसंसा गर्दै समाज र व्यक्तिको संयता, विकास र लगावलेनै हामीले खोजेको समाजवाद उपलव्ध हुने बताउनुभयो । पौडेल पार्टीको जिम्मेवार सदस्य भएरपनि नेकपा अहिलेको स्थितिमा ल्याउनका लागि ठुलो भूमिका खेलेको समेत बताउनुभयो ।
कार्यक्रममा फलोवस नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बाबुराम शर्माले पनि बोल्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, नेकपाका वडा स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नेकपा कार्किनेटाका अध्यक्ष गिरीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न शोकसभाको संचालन कृष्णप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!