पहिरोमा परि ज्यान गुमाएकी निकिताको परिवारलाई फलेवास नगरपालिकाद्धारा ७५ हजार सहयोग - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित सिर्शुवाको पहिरो पीडित परिवारलाई फलेवास नगरपालिकाले राहत स्वरूप ७५ हजार सहयोग प्रदान गरेको छ ।
गत भदौ २९ गते बिहान पहिरोमा परि ज्यान गुमाएकी ३ बर्षिया बालिका निकिता बिकको परिवारलाई नगरप्रमुख पदमपाणी शर्माले बिहीवार उक्त रकम प्रदान गर्नुभएको हो ।
राहत रकम प्रदान गर्दै नगरप्रमुख पदमपाणी शर्माले पछिल्लो समय देशैभर बाढी पहिरोका घटना भैरहेको बताउँदै फलेवास नगरपालिकामा निम्तिएको यो विपदले सिंगो नगरवासीलाई शोकाकुल बनाएको बताउनुभयो । शर्माले स्थानिय सरकार जन्म देखि मृत्यु सम्म नगरबासीको साथमा भएको भन्दै हरेक दुःख र विपत्तीका बेला मल्हम लगाउन तयार रहेको विश्वास दिलाउनुभयो । नगरपालिकाले कुनैपनि काम लोकप्रियताको लागि मात्र नगरेको भन्दै नगरपालिका हरपल जनताकै साथमा हुने गरेको शर्माको भनाइ छ ।
शर्माले जिल्ला विपत्त व्यवस्थापन समीतिले विपदको अध्यन गरिरहेकोले छिट्टै बस्ति स्थानतरणका कार्यक्रम सञ्चालन हुने समेत बताउनुभयो ।
राहत वितरण कार्यक्रममा उपप्रमुख मञ्जु अधिकारीले विपत्तिको पीडालाइ बाड्नको लागि स्थानीय सरकार बस्ती बस्तीमा पुगेर नागरिहरुको अवस्थाको बारेमा अध्ययन गरिरहेको बताउनुभयो ।
नगरपालिका का प्रबक्ता तथा वडा नं ४ का वडा अध्यक्ष टिकाराम गौडेलले नगरपालिका भरी बाढीपहिरोले विभिन्न बस्तीहरु नै जोखिममा परेको र खानेपानीको समस्या देखिन थालेको भन्दै निवारणमा जुट्नुपर्नेमा जोड दिनुभयो ।
राहत हस्तान्तरण कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल,वडा नं. यस अघि मृतक को परिवारलाइ प्रदेश सरकारले रु ५० हजार र गृह मन्त्रालय मार्फत जिल्ला विपद व्यवस्थापन समितिवाट रु २ लाख रुपैया सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!