पर्वतको महाशिलावाट नमुना लिईएका सवैको पिसिआर रिपोर्ट नेगेटीभ - News site from Nepal

पर्वत –  पर्वतको महाशिला गाउँपालिकामा समुदायमा कोरोना संक्रमणको अवस्था बुझ्न लिईएको नमुना परिक्षणमा सवैको रिपोर्ट नेगेटीभ आएको छ ।
स्वाब संकलन गरी परिक्षणका लागि पोखरा पठाईएकोमा मंगलवार सवैको रिपोर्ट नेगेटीभ आएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम ठकुरीले जानकारी दिनुभयो ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र समुदायमा कोरोनाको संक्रमण छ कि छैन भनेर क्षेत्रगत प्रतिनिधित्व हुनेगरी ५१ जनाको पिसिआर परिक्षण गर्दा सम्पुणर् को रिपोर्ट नेगेटिभ प्राप्त भएको उहाँले बताउनुभयो । यो परिक्षण सँगै महाशीलामा समुदायमा संक्रमित शुन्य रहेको छ । शिक्षक, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, मजदुरवाट नमुनाको रुपमा स्वाब संकलन गरिएको हो ।
पर्वतमा पछिल्लो समयमा समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर परिक्षणलाई तीब्रता दिईएको छ । पर्वतमा हालसम्म १ सय ७ जना संक्रमित पुगेका छन् भने समुदायमा संक्रमण नफैलिएको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!