१५ नेपाली साउदीमा अलपत्र, उद्दारको पहल गरिदिन आग्रह - News site from Nepal
१५ नेपाली साउदीमा अलपत्र, उद्दारको पहल गरिदिन आग्रह

काठमाडौं– साउदीमा अलपत्र परेका १५ जना नेपालीहरुले उद्दारको माग गरेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका उनीहरुले अवस्था निकै दयनीय बनेको भन्दै नेपाल सरकारसँग उद्दारका लागि पहल गर्न माग गरेका हुन् ।

‘हामी १५ जनामध्ये ३ जना एकै ठाउँमा छौं । अरु केही दूरीमा छन् ।’ अलपत्रमध्येका एक चिरञ्जीविकुमार चौबेले भने, ‘साउदीस्थित नेपाली दूतावसमा खबर गर्दा नेपाल सरकारबाट कुनै खबर नआएको बताउँछन् ।’

उनले आफूहरुसँग पैसा पनि नभए भोकभोकै बस्नुपर्ने अवस्था आएको समेत बताए ।

उनले भने, ‘हामी १५ दिनदेखि भोकै बसिरहेका छौं । सरकारले चाँडोभन्दा चाँडो उद्दारका लागि पहल  गरोस् भन्ने कामना छ ।’

नेपाल सरकारले उद्दार गरेर जहाँ राखेपनि नेपाली भूमिमा आफूहरु बस्न तयार रहेको उनले बताए । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले विदेशि भूमिबाट आउने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्र घर जान दिने बताएको छ ।

सरकारले विश्वव्यापीरुपमा फैलिएको कोराना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सम्पूर्ण हवाई उडान समेत ठप्प पारेको छ ।

साउदीमा अलपत्र नेपालीहरुको सूची

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!