पर्वतको पवित्र मोदीवेणीधाममा एकादशीमा मेला लगाउन रोक - News site from Nepal
पर्वतको पवित्र मोदीवेणीधाममा एकादशीमा मेला लगाउन रोक

पर्वत- भोली परेको हरिबोधनी एकादशीको अवसरमा पवित्र कालीगण्डकी नदिको मोदीवेणीधाम लगायतका धाममा मेला नलगाउन सिसीएमसी पर्वतले आग्रह गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको महामारी झनै फैलन सक्ने भन्दै मंगलवार विहान बसेको सिसीएमसी पर्वतको वैठकले कालीगण्डकीमा स्नान गर्न र तोरण तार्ने लगायका भिड भाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेको हो । हरिबोधनी एकादशीको अवसरमा मोदीवेणी, जैमिनीघाट, गोपाङघाट, नयाँपुल, मिलनचोक, वारीवेनी लगायतका घाटहरुमा स्नान गर्नका लागि सर्वसाधारणहरुको घुँईचो लाग्ने गरेको छ ।
सिसीएमसी पर्वतले कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका विभिन्न वडालाई पत्राचार गर्दै मोदीवेणी, जैमिनीघाट, गोपाङघाट नयाँपुल लगायतका स्थानमा हुने भिडभाड रोक्नका लागि आग्रह गरेको हो । यस्तो महामारीका बेला हुने जमघट र भिडभाडले कोरोना संक्रमण समुदायस्तरमा फैलने भएकाले कुनै कार्यक्रम नगर्न भनिएको फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सवै सर्वसाधारणहरुलाई यस वर्षको चाडपर्व घरमै बसेर मनाउन आग्रह गरिएको बताउनुभयो ।
यस अघि दक्षिण पर्वतको विहादी गाउँपालिकाले विश्वकै ठुलो शालिग्राम शिलामा मेला नलगाउन आग्रह गर्दै निर्देशन समेत जारी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!