कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त - News site from Nepal
कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्।
कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।
बुधबार राति आएको रिपोर्टअनुसार कोइराला कोरोनामुक्त भएका हुन्। उनका स्वकीय सचिव तिवारीमा भने अझै कोरोना संक्रमण नै देखिएको छ। उनी होम आइसोलेसनमा छन् ।
गत भदौ २३ गते कोइरालालाई कोरोना देखिएको थियो । कोरोना संक्रमणकै क्रममा स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएका उनी केहीदिनमै ठीक भएर घर फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!