दुर्घटनामा परि मृत्यु भएका खेलाडीको परिवारलाई समाजसेवी गुरुङ र शर्माको पहलमा आर्थिक सहयोग - News site from Nepal

पर्वत- ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङका युवा खेलाडी बिजय नेपालीको परिवारलाई रु ३५ हजार रुपैया सहयोग प्रदान गरिएको छ ।
गत साउन २० गते तिलाहारमा ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो ।
हङकङ समाज बाजुङका समाजसेबी तथा मिलन फाउन्डेसनका अध्यक्ष दुर्गा गुरुङ (मिलन ) र समाजसेनी सुरेश शर्माको पहलमा  उक्त रकम प्राप्त भएको नेकपाका युवा नेता समिर मल्लले जानकारी दिनुभयो । उक्त रकम मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल मार्फत मृतक नेपालीकी श्रीमती कबिता नेपाली लाइ हस्तान्तरण गरिएको मल्लले जानकारी दिनुभयो ।
बिजय नेपाली पार्वती युवा क्लवका सदस्य समेत रहेका थिए । यस अघि पार्वती यवा क्लवले पनि रु १ लाख रुपैया सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!