कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु - News site from Nepal
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

न्यूयोर्क- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले पुष्टि गरेका हुन् ।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइभिटिज र प्रेसरको समस्या थियो ।

कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ५ सय ८२ जनाको मृत्यु भएको छ भने ४६ हजार १ सय ६८ जना संक्रमित रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari