पर्वतको लुंखुमा बिदेशबाट फर्केका नागरिक खोजि गदै क्वारेन्टाइनमा बस्न आग्रह गर्दै - News site from Nepal

पर्वत/ पर्वतको एक वडाले चैत्र महिना लागेपछि बिदेशबाट गाउँमा आएका बासिन्दाहरु खोज्ने अभियान शुरु गरेको छ ।
महाशिला गाउँपालिका वडा नं ५ लुंखुले बिदेशबाट फर्केर गाउँमा आएकाहरुलाई क्वारेन्टाईनमा बस्न आग्रह गर्दै खोजी थालेको हो ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि बिदेशबाट फर्केकाहरु खोजी गरिएको वडा अध्यक्ष जीवन उचैं ठकुरीले बताउनुभयो । अहिले सम्म चैत्रपछि कतारबाट फर्केका २ जना र भारतबाट फर्केका ५ जनाको पहिचान गरि घरमै क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ ।
‘बिदेशबाट फर्केका सबै मानिसमा कोरोनाको संक्रमण नभएको हुन पनि सक्छ’ उहाँले भन्नुभयो ‘तर १४ दिन घरमै क्वारेन्टाइनमा बस्दा संक्रमण भएपनि फैलन नदिन सहयोग पुग्छ’ । यस अभियानलाई निरन्तरता दिइने ठुकुरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari