पर्वतमा ‘सुत्केरीका घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु - News site from Nepal
पर्वतमा ‘सुत्केरीका घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु

पर्वत –  सुत्केरी आमा र शिशुको ज्यान बचाउने उद्देश्यले पर्वत जिल्लामा ‘सुत्केरीका घरघरमाा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतले यस बर्ष देखि हरेक सुत्केरी आमाको घरमा स्वास्थ्यकर्मी पु¥याउने उद्देश्यले ‘सुत्केरीका घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु गरेको हो ।
नेपालमा १ लाख जीबित बच्च जन्मदा २ सय ५९ जना सुत्केरी आमाको ज्यान जाने गरेको छ । सुत्केरी भएको ४२ दिन सम्म आमाको ज्यान बढी जोखिममा परेका कारण मृत्युदर घटाउन कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । कार्यक्रम अन्र्तगत सुत्ेकरी भएका आमाको घरमा शुरुवात देखि ४२ दिन सम्म स्वास्थयकर्मी ४ पटक पुग्नेछन ।
स्वास्थ्य संस्थामा सुत्केरी भएको २४ घण्टामा , ३ दिन भित्रमा, ७ दिन र ४२ दिनमा घरमा नै पुगेर आमा तथा शिशुको स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिने, परिक्षण गरि सुझाब र उपचार गर्ने उद्देश्य राखिएको छ । सुत्केरी भएपछि महिलाहरु धेरै जसो बढी रत्तस्राब हुने र उच्च ज्वरोका कारण ज्यान गुमाउँदै आएका छन । ग्रामिण क्षेत्रमा मातृशिशु मृत्युदर बढी छ । सुत्केर भएर गएपछि स्वास्थ्यकर्मी संग परिक्षण गर्ने चलन नभएका कारण सधै सुत्केरी आमाको ज्यान जोखिममा पर्ने भएका कारण चार पटक परिक्षण गर्ने कार्यक्रम आएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले बताउनुभयो । ‘सुत्केरी भैसकेपछि पनि धेरै आमाहरुले ज्यान गुमाउने अबस्था अन्त्य गर्न घरमै पुगेर परिक्षण गर्ने कार्यक्रम शुरु गरिएको हो’ उहाँले भन्नुभयो ‘यसले प्रसुती भैसकेपछि मृत्यु हुने दरलाई घटाउन सहयोग पुग्ने बिश्वास छ ।’
पर्वत जिल्लामा कुस्माबजारस्थित पर्वत अस्पताल, लुंखु र ठुलीपोखरी स्वास्थ्य केन्द्रमा सुरक्षित सुत्केरी गराइन्छ । यस बाहेक ३० वटा बर्थिङ्ग सेन्टरमा समेत सुरक्षित सुत्केरी गराउने सेवा सञ्चालनमा छ । स्वास्थ्य संख्यामा सुत्केरी भएका आमाहरुको रेडर्कका आधारमा उनीहरुको फलोअप परिक्षण गर्न लागिएको कार्यालयका प्रबक्ता प्रबिण भण्डारीले बताउनुभयो । पर्वत जिल्लामा यसअघि महाशिला गाउँपालिकाले सुत्केरीको घरमा पुगेर कुखुरा र घिउ तथा अण्डा बितरण गर्दै आएको छ भने मोदी गाउँपालिकाले पनि कार्यक्रम शुरु गरेको छ ।

यसैबिच स्वास्थ्यकर्मी र सरोकारवालाका लागि कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम स्वास्थ्य कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले आमा र शिशुको ज्यान जोगाउनका लागि यस्ता कार्यक्रमहरु प्रभाबकारि सावित हुने बिश्वास ब्यक्त गर्नुभयो । घरमा सुत्केरी हुने क्रम अझै नहटेका कारण गर्भवती आमाहरु र शिशुहरु अझै पनि जोखिममा रहेका कारण सबैलाई तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउनका लागि प्रोत्साहित गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!