वहाकी मा.वि.काे नवनिर्मित भवनकाे उद्घाटन गर्दै मन्त्री लम्सालले भने जनताले चाहेको विकास हुन्छ - News site from Nepal

माधव पराजुली

गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले अबको एक बर्ष भित्र जनताले चाहेको विकास हुने दाबी गर्नुभएको छ ।
पर्वतको विहादी गा.पा. वडा नं. ४ स्थित वहाकी मा.वि. चिलाउनेखर्कको ६१ औँ वार्षिकोत्सव तथा विधालयको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री लम्सालले अबको १ बर्ष भित्रमै जनताले प्रत्यक्ष विकास भएको महसुस गर्ने दाबी गर्नुभएको हो ।
विकास र समृद्धिका लागि स्थायी सरकारको कामना गरेका जनतामा यसपटक विकास र समृद्धिको अपेक्षा बढी रहेको बताउदै उहाँले जनताका असिमित चाहनाहरु यहीँ सरकारले पूरा गर्ने बताउनुभयो । ‘यो सरकार गठन भएपछि मुलुकमा धेरै कामहरु भईरहेको छ,त्यो काम पूरा गर्न केहीँ समय लाग्छनै त्यहीँ भएर अहिँलेनै काम भएको बाहिर देखिएको छैन् मन्त्री लम्सालले भन्नुभयो,अहिँले भईरहेको विकास निर्माणका सबै योजनाको काम सकिएपछि जनताले विकास भएको देख्नेछन् । सरकार गठनको २ बर्ष कानुन निर्माण र हिजोको लथालिङ्गलाई व्यवस्थित गर्नमा बितेको बताउदै उहाँले सरकारले सबै योजनालाई अब व्यवस्थित तवरले काम गर्न लगोको बताउनुभयो । हिजो जस्तो एउटा योजना सम्पन्न गर्न १५ बर्ष अब भने नलाग्ने मन्त्री लम्सालको भनाई थियो ।

अबको तिन वर्षभित्रमा प्रत्येक जिल्लाका सबै वडामा कालोपत्रे सडक, विद्युत्,खानेपानी लगाएतका सबै सेवा पुग्ने बताउदै अबको विकास निर्माण पछि जनताको जीवनस्तरमा अमुल सुधार आउने बताउनुभयो । सरकारले उद्योग,पर्यटन,कृषि,उर्जा बाट रोजगारी सिर्जना गर्ने योजना समेत अगाडी सारेको बताउदै अब यूवाहरु रोजगारीको शिलशिलामा भौतारिदै विदेश जाननपर्ने बताउनुभयो ।
मन्त्री लम्सालले गुणस्तरी शिक्षा तथा दक्ष जनशक्ति विना मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले ग्रामिण भेगमा गुणस्तरयूक्त शिक्षा कायम गर्न ग्रामिण भेगका विद्यालयहरुलाई नमुना विद्यालय तथा आवसीय विद्यालयको रुपमा विकास गर्न लाएको बताउनुभयो ।

विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले गुणस्तरिय शिक्षाको जिम्मा अब सरोकारवाल निकाय तथा सम्बन्धित व्यक्तिले लिनुपर्ने धारण राख्नुभयो । गाउँपालिका भित्रका विद्यालयहरुमा गुणस्तरिय शिक्षा कायम गर्न गाउँकार्यपालिकाले नयाँ योजना ल्याएको बताउदै गुणस्तरिय शिक्षा कायम गर्न अभिभावक,शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध समेत आवश्यक पर्ने बताउनुभयो । ‘सामुदायीक विद्यालयहरुमा पढाई राम्रो नहुने निजी विद्यालयमा राम्रो हुने मानसकिता छ,त्यो मानसकिता अब सामुदायीक विद्यालयले अन्त्य गर्नुपर्छ, भुषालले भने,” गुणस्तरिय शिक्षा कायम गर्न नसक्नुका कारणहरु केके हुन अभिभावक,शिक्षक तपाईहरुले खोज्नुहोस् ग्रामिण भेगमा विद्यालयहरुलाई नमुना बनाउन अब हामी सबै जुटौँ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति खिमप्रसाद भुषाल,विहादी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ओमप्रसाद कुवँर,वडा नं. ५ का वडाध्यक्ष श्याम ब. केसी,वडा नं. ६ का वडाध्यक्ष टेक बहादुर थापा,निर्मल जनसेवा प्रा.वि.का प्र.अ.हिमलाल बस्याल लगाएतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि भट्टराईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विद्यालयका शिक्षक बम बहादुर क्षेत्रीले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन शिक्षक यकनारायण भट्टराईले गर्नुभएको थियो ।
विभिन्न आकर्षक कार्यक्रमहरु सहित यहिँ पागुन ६ गते देखि सञ्चालन भएको विद्यालयको वार्षिकोत्सव १२ गते सम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!