धर्मग्रन्थ पढाउने गुरुले गृहकार्य सुनाउन जाँदा जब कोठाको चुकुल लगाए… - News site from Nepal

मोरङ-  विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका छन् । उनीहरु आफूलाई अध्ययन गराउँदै आएका मदरसाका मोलबीबाट दुव्र्यवहारको शिकार भएको बताएका छन् ।

विराटनगर–८ अशोक चोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका हुन् । सो मदरसाका प्रधानाध्यापकसमेत रहेका मेलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्यनरत कक्षा ५ र ६ का दुई जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पीडित छात्राको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari