
पर्वत- पर्वतको मोदी गाउँपालीकाका अध्यक्ष प्रेम पौडेलले चाडपर्व खर्च वापत प्राप्त भएको रकम पर्वत अस्पतालले स्थापना गरेको विपद कोषमा प्रदान गर्नुभएको छ ।
पौडेलले बिहिबार जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोबिन्द पहाडी लाई आफुले प्राप्त गरेको चाडपर्व वापतको रकम हस्तान्त्रण गर्नुभएको हो । कोभिड-१९ले मुलुक आक्रान्त बनेका बेला बिरामीहरुको उपचारमा केहि सहजता होस् भन्ने उद्धेश्यले आफुले पाएको रकम रु २५ हजार अस्पताललाई दिएको उहाँले बताउनुभयो । उहाँले अहिले चाडपर्व मनाउनु भन्दा पनि महामारीबाट नागरिकहरुलाई जोगाउनु ठुलो दायित्व भएको भन्दै यो बेला दशैलाई सामान्य रुपले मनाउन उहाँले आग्रह गर्नुभयो ।
रकम ग्रहण गर्दै अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीले अस्पतालले स्थापना गरेको कोषमा राज्यले आफ्नोलागि दिएको पैसा सहयोग गर्नुभएकोमा अध्यक्ष पौडेललाई धन्यवाद दिँदै यो बेलामा सवै आम नागरिकहरुको यस्तै सहयोग, सद्भाव र प्रतिवद्धताले राज्यलाई महामारी न्यूनिकरण गर्न सहज हुने बताउनुभयो ।