पर्वतमा थप चार जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १२१ पुग्यो - News site from Nepal

पर्वत –  पर्वत जिल्लामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षेत्रिय क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतमा नेपाली सेनाका ३ सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार केवल जंग गुल्ममा कार्यरत ३३, २९ र २१ बर्षका पुरुष तथा कुस्मा नगरपालिका वडा नं १ पाङका ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुस्मा नगरपालिकाका १ का पुरुष भारतबाट आई क्वारेन्टाईनमा बस्दै आएका थिए भने अन्य तीन जना नेपाली सेनापनि गुल्मकै क्वारेन्टाईनमा रहेका थिए । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ । नेपाली सेनाको गुल्ममा यस अघि पनि चार जनामा संक्रमण पुष्टि भैसकेको छ ।

संक्रमित थपिए संगै पर्वतमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!