पर्वतको सहस्रधारामा अबरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड सुचारु - News site from Nepal

पर्वत –  मंगलवार साँझदेखि लगातार परेको बर्षाका कारण पहिरो जाँदा अबरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक सुचारु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नंं ं १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातीदेखिनै सडक अबरुद्ध बनेको सडक दिउँसो ४ बजे देखि सुचारु भएको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।
मंगलवार साँझदेखि यस क्षेत्रमा ठुलो वर्षा भैरहेको छ । वर्षा नरोकिँदा र निरन्तर लेदो झरिरहेका कारण सडक खुलाउन समस्या भएको थियो । बर्षा केही कम भएपछि हिलो हटाएर सडकलाई एकतर्फी रुपमा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका थिए भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु रातीदेखिनै मालढुंगामा अलपत्र बनेका थिए । रोकिएका सबै सवारी साधनहरु गन्तब्य तर्फ लागेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!