पर्वत प्रहरीद्धारा फेसबुकमा भ्रामक सन्देश फैलाउनेको खोजी गर्दै - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा बाढि आएर घरहरु बगाएको भन्ने नक्कली भिडियो पोष्ट गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी थालेको छ ।
अन्यत्र कुनै ठाउँको भिडियोलाई पर्वतको देउपुर स्थित मैदानमा ठुलो बाढि आएको र विभिन्न घरहरु जोखिममा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भाईरल भएको थियो ।
पर्वतको देउपुर त्यस्तो कुनैपनि बाढिको जोखिममा नभएकोले उक्त अनर्गल प्रचारका पछाडि नलाग्न जिल्ला प्रहरी कार्यालय पर्वतले अनुरोध गरेको छ ।
प्राकृतिक विपत्ति जस्तो संवेदनशिल कुरामा भ्रामक झुट्टा फैलाउने खालका सामाग्रीहरु दिई त्रास फैलाउने काम गरेको भन्दै त्यस्ता व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त भ्रामक भिडियो सामाग्रीको विश्वास नगर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!