पर्वतमा तीन महिने बालक, १ जना स्वास्थ्यकर्मी, ४ जना स्थानीय गरी थप २२ जनामा संक्रमण पुष्टि ( संक्रमितको बिबरण सहित ) - News site from Nepal

पर्वत –  पर्वत जिल्लामा मंगलबार थप भएका २२ जना कोरोना संक्रमित मध्ये एक जना बालक समेत रहेका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा २१ जना र गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाण्डौमा गरिएको परिक्षणमा कुस्मा नगरपालिका १२ ठुलीपोखरीका ३ महिने बालक समेत रहेका छन । कुस्मा नगरपालिकामा ९ जना, फलेबास नगरपालिकामा ७ जना तथा बिहादी, मोदी र पैंयु गाउँपालिकामा २÷२ जनामा संक्रमण पुष्टि भएको छ।
कुस्मा नगरपालिका १२ का ३ महिने बालक, कुस्मा नगरपालिका १२ की २४ बर्षिया महिला, कुस्मा नगरपालिका १२ कै २६ बर्षिय पुरुष, कुस्मा नगरपालिका ८ चुवाका १७ बर्षिय पुरुष, कुस्मा ८ चुवाकी २४ बर्षिय महिला रहेका छन । चुवाकी महिला पर्वत अस्पालमा कार्यरत स्वास्थ्यकर्मी हुन । यस्तै संक्रमित बिरामीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएका कुस्मा नगरपािलका ३ का ३१ बर्षिया महिला, १७ बर्षिया महिला र २८ बर्षिय पुरुष र ९ बर्षिय बालक रहेका छन ।
यसैगरी फलेबास नगरपालिका ९ भंगाराका २० बर्षिय पुरुष, सोही ठाउँका ३० बर्षिय पुरुष र १८ बर्षिय पुरुष रहेका छन भने फलेबास नगरपालिका १० ठानामौलाका २१ बर्षिय पुरुष, फलेबास नगरपालिका ४ मुडिकुवाका २७ बर्षिय पुरुष, फलेबास नगरपालिका ३ शंकरपोखरीका ३९ बर्षिय पुरुष र फलेबास नगरपालिका १० कुर्घाका २२ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै बिहादी गाउँपालिका वडा नं ३ रानीपानीका २३ बर्षिय पुरुष र बिहादी गाउँपालिका ६ शालिग्रामका ४५ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण्पुष्टि भएको छ । मोदी गाउँपालिका ८ चित्रेका ४६ र ४४ बर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ । पैंयु गाउँपालिका वडा नं १ टकलाकका ३८ बर्षिय पुरुष र पैंयुँ गाउँपालिका ४ का ४३ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बिज्ञप्ती सहित

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!