पर्वतको महाशीलामा झण्डै चार लाखको कृष्ण गोपाल गुरुङ स्मृति अक्षयकोष स्थापना - News site from Nepal

पर्वत- पर्वतको महाशीला गाउँपालिकामा झण्डै चार लाख रुपैयाका कृष्ण गोपाल स्मृति अक्षयकोष स्थापना गरिएको छ ।
शैक्षिक क्षेत्रमा सक्रिय बालारानी माध्यमिक बिधालयका शिक्षक सामाजिक अभियन्ता कृष्ण गोपाल गुरुङको गत बर्ष बिद्यालय र खेल मैदान निर्माणको कामको शिलशिलामा लुङ्खु देउरालीबाट घर बालाकोट जादै गर्दा जिप दुर्घटनामा परि मृत्यु भएको पहिलो स्मृति दिवसका अवसरमा सोमवार उक्त अक्षयकोष स्थापना गरिएको हो ।
स्वर्गिय गुरुङको घर परिवारको संयोजनमा कृष्ण गोपाल गुरुङ स्मृति अक्षय कोष सार्वजनिक गरिएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुरुङको परिबारको तर्फबाट रु २ लाख ५ हजार र स्थानीय शुभेच्छुक ब्यक्तिहरु बाट रु ८६ हजार ७ सय ७५, महाशीला गाउँपालिका को तर्फबाट रु १ लाख गरि कुल ३ लाख ९१ हजार ७ सय ७५ रकम बराबरको अक्षय कोष निर्माण गरिएको उच्चैले बताउनुभयो । सो कोषबाट महाशीला गाउँपालिकाका बिपन्न जेहेन्दार विद्यार्थी हरुलाइ छात्रवृत्ति प्रदान गरिने भएको छ ।
अक्षय कोष ब्यबस्थापनको लागि गुरुङका दाजु श्यामबहादुर गुरुङ संयोजक रहेको ९ सदस्यीय समिति गठन गरिएको छ । स्वर्गिय गुरुङकी श्रीमती आशा गुरुङ कोषको संरक्षक रहनुभएको छ ।
स्वर्गिय गुरुङ समग्र गाउँपालिकाको शिक्षा र सामाजिक क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहँदै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari