पर्वत- जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वतलाई पूर्ण रुपमा लकडाउन गर्ने तयारी गरेको छ ।
जिल्ला विपत ब्यवस्थापन समितिको वैठक केहि बेरमा वस्दैछ । वैठकले कर्फ्यू सहित लकडाउन गर्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन ।
नेपाललका अनुसार विपद् ब्यवस्थापन समितिको वैठकले आज दिउँसो देखि सवै सवारी साधन चल्नमा रोक लागाउने र भोली देखि बजार सहित सवै सेवाहरु बन्द गरेर जिल्लालाई सुरक्षित गर्ने विषयमा छलफल हुने प्रजिअ नेपालको भनाई छ ।
।
कुश्मामा १५ शैयाको आइसोलेन
कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएको शंका लागेमा वा उपचारको लागि पर्वतको कुस्मा नगरपालिकाले कम्तीमा पनि १५ शय्याको आइसोलेसन वार्ड निर्माण गर्न सुरु गरिएको छ ।
कोरोनाको जोखिम बढ्दै जान थालेपछि कुस्मा नगरपालिका र पर्वत अस्पतालको सहकार्यमा कुस्मा नगरपालिका ४ मा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसको भवनमा आइसोलेसन बेडहरू निर्माण गर्न लागिएको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए ।