पर्वत- सघिय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पर्वतका कृषि फार्महरुको अनुगमन गरेका छन । पार्टीको जनवर्गिय संगठनहरुको एकता कार्यक्रमका लागि पर्वत आएका भट्टराईले कृषि फार्महरुको अनुगमन गरेका हुन ।
डा. भट्टराईले कुश्मा नगरपालिका वडा ८ दोविल्लामा रहेको फार्मको शनिवार विहान अनुगमन गरे । शुक्रबार बेलुका दोविल्लामा बास विताएका भट्टराईले सघिय समाजवादी पार्टीकी नेतृ देवि लामिछानेले सञ्चालन गरेको फार्मको अनुगमन गरेका हुन । लामिछानेले गाई फार्म तथा माछापालन गर्दै आएकीछिन । पूर्वप्रधानमन् त्री डा.भट्टराईले शनिवार नै कुश्माको ठुलिपोखरीमा रहेको अर्को कृषि फार्मको समेत अनुगमन गरे ।
ढाराकाम गौतमले सञ्चालन गरेको फार्म हेर्दै भट्टराइ्र्रले नेपालको सम्बृद्धिको पहिलो आधार कृषि नै रहेको बताएका छन । सफल अर्थ मन्त्रीको रुपमा परिचित भट्टराई तत्कालीन नेकपा माओवादीको तर्फबाट प्रधानमन्त्री बनेका थिए । संघिय समाजवादी पर्वतको कार्यक्रममा सहभागी हु्ँदै भट्टराईले आजै विभिन्न पार्टी परित्याग गर्नेहरुलाई आफ्नो पार्टीमा प्रवेश गराएका छन । उनले नेपाल कम्युनिष्ट पार्टी पर्वतका जिल्ला सचिवालय सदस्य ढाकाराम गौतमलाई पार्टी प्रवेश गराए ।
तत्कालीन माओवादी केन्द्रको जिल्ला पार्टी सचिव समेत रहेका गौतमलाई पाटी प्रवेश गराउदै भट्टराईले पुरानो सहयात्री भेटिएको भन्दै खुशी ब्यक्त गरे । कार्यक्रममा नेकपा कुश्मा नगर कमिटिका सदस्य राम कडेल तथा नेकपाका पार्टी सदस्य कृष्ण गौतमलाई पनि पार्टी प्रवेश गराए । सो अवसरमा तरुण दलका झण्डै १० जना युवाहरुलाई पनि भट्टराईले टिका लगाएर पार्टी प्रवेश गराएका थ्रिए ।