प्रधानमन्त्री केपी ओलीको पक्षमा पर्वतमा युवासंघको मोटरसाइकल र्‍याली - News site from Nepal

पर्वत – जिल्लामा केपी ओली पक्षधर कार्यकर्ताले ओलीको समर्थनमा नाराबाजी र मोटरसाईकल ¥याली गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आइतबार चालेको कदमको समर्थनमा ओली पक्षीय कार्यकर्ता तथा युवासंघ पर्वतको नेतृत्वमा कुश्मा बजारमा नाराबाजी र मोटरसाईकल र्‍याली गरेका हुन् ।

नाराबाजी र मोटरसाईकल र्‍याली सहित कुश्माको शिवालय चोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपाको सचिवालय सदस्य तथा युवा नेता शिव पौडेलले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई जेल हाल्ने चेतावनी दिए ।

प्रचण्ड र नेपाल अपराधी भएको बताउँदै यस्ता अपराधिहरुलाई कुनै हालतमा पनि छोड्न नहुने बताए। केपी ओलीले चलाएको भ्रष्टाचारको अभियान कारण प्रचण्ड नेपाल पक्षले सहन नसकेर राजीनामा मागेको दाबि गरे । निर्वाचन मार्फत प्रधानमन्त्री ओलीकै नेतृत्वमा बहुमत आउने समेत उनको दाबी थियो । ओलीकै नेतृत्वमा बहुमत ल्याउने दाबि गर्दै उहाँले ‘सूर्य चिन्ह र जनताको बहुदलीय जनवादसहित अघि बढ्न सबैमा आग्रह गरे ।

सोही सभामा बोल्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य बिमल लामिछानेले प्रधानमन्त्री ओलीमाथि गरिएको घेराबन्दी सह्य नहुने बताए । प्रधानमन्त्री ओलीलाई पाँच बर्षे कार्यकाल पूरा गर्न दिएको जनमतको कदर गर्न नदिनेहरु माथि कडा चेतावनि दिए। उनले प्रधानमन्त्री ओलीले चालेको कदम स्बागत योग्य रहेको भन्दै कम्युनिष्ट आन्दोलनको रक्षाको लागि केपि ओलीको नेतृत्व अपरिहार्य रहेको बताए ।

प्रचण्ड नेपाल पक्षमाथि आक्रामक बनेका लामिछानेले आउँदो निर्वाचनमा चुनाव जित्न प्रचण्ड नेपाल पक्षलाई चुनौती समेत दिए । आयोजित सभामा युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेल, अर्जुन पौडेल निर्जन लगायतले प्रधानमन्त्री ओलीको समर्थनको पक्षमा रहन सबैमा आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!