पर्वतको अर्मादीका बसन्त श्रेष्ठलाई बचाउन २ लाख ९३ हजार सहयोग - News site from Nepal

पर्वत- शरिरका कोष नचल्ने समस्याले ग्रसित भइ मलेसियाबाट र्फिता गरिएका कुस्मा नगरपालिका ४ अर्मादीका २५ बर्षिय बसन्त श्रेष्ठ सनम विगत ८ महिना यता डरर्मोटोसाइटिस रोगको शिकार भएका छन् ।
कमजोर आर्थिक अवस्था रहेका उनलाई बचाउन भन्दै देश तथा विदेशबाट सहयोग गर्ने क्रममा आज २ लाख ९३ हजार ७ सय १३ रुपौँया प्राप्त भएको छ । अर्मादी आमा समुह र अग्रसर युवा क्लवको सकृयतामा कुस्मा नगरपालिका २ का वडासदस्य शान्ति कुमालको रोहवरमा उक्त रकमको चेक उनका बाबु लालप्रसाद श्रेष्ठलाइ प्रदान गरिएको हो ।
बसन्त श्रेष्ठ सनम बचाउ अभियानमा अर्मादी स्थायी घरभइ हाल दक्षिण कोरियमा रहेका अर्जुन आचार्य, धु्रव आचार्य र कृतिमान पुनको पहलमा ८६ हजार ६ सय ५६ रुयौंया, कुस्मा ४ घरभइ हाल कतारमा रहेका बिष्णु शर्मा ,अर्सद अलिमियाँ, निशा अलिमियाँ, कविराज थापा मगर, बिष्णुकुमारी शर्मा सहितको पहलमा ४० हजार ६० रुपौंया र जापानमा रोजगारीको शिलशिलामा रहेका कुस्मा ७ का कमल श्रेष्ठ, रविन नकर्मी , सुदिप श्रेष्ठको पहलमा १ लाख ७० हजार रुपौंया प्राप्त भएको सामाजिक अभियान्त अजिता शर्माले जानकारी दिनुभयो ।
यो अभियान क्लवका युवाहरु कुमार शर्मा र रबिनसन श्रेष्ठको पहल थालनी गरिएको हो । बसन्त श्रेष्ठ सनम काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गर्दै आइरहेका छन् । आर्थिक अभावमा उनको उपचार गर्न नसकिने भए पछि अहिले उनको परिवारले इच्छुक संग सहयोगको अपेक्षा गरेको छ । रोगसगं लडिरहेका उनी अहिले अर्मादी आफ्नै घरमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!