पर्वतमा तपाईको मास्क खोई अभियान शुरु - News site from Nepal
पर्वतमा तपाईको मास्क खोई अभियान शुरु

पर्वत- कोरोना भाईरसको संक्रमण रोक्न र समूदायमा सचेतना जगाउन पर्वतमा तपाईको मास्क खोई अभियान शुरु भएको छ ।
कुश्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा तपाईको मास्क खोई अभियान शुरु भएको हो । पर्वतको कुश्मामा कोरोना संक्रमण फैलिँन नदिन अभियान स्वारुप टोलटोलमा होर्डिङ बोर्ड राख्न थालिएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले चोकचोकमा सचेतनामुलक बोर्ड राख्न थालिएको बताउनुभयो ।
घरवाहिर निस्किँदा मास्क लगाउन, नियमित सावुनपानीले हात धुन, भौतिक दुरी कायम गर्न अनुरोध गर्दै आएको नगरपालिकाले मानिसहरुलाई सचेत गराउन ठूलो ठूलो व्यानर टाँसेर सचेत बनाउन शुरु गरेको हो । पर्वतको कुश्मामा समूदाय कोरोना अहिले सम्म फैलिएको छैन । समूदायमै कोरोना परिक्षण गर्दा अहिले सम्म समूदायमा कोरोना पुगेको भेटिएको छैन । तर, स्वास्थ्य सुरक्षा र सजगता भने निरन्तर जारी रहेको प्रमुख जोशीले बताउनुभयो ।
पर्वतलाई कोरोनामुक्त बनाउने आफुहरुको चाहना रहेको उहाँले सुनाउनुभयो । सामान्यतः मानिसहरुले मास्क लगाउन झ्याउ मान्ने, लगाउन अटेरी गर्ने गरेका कारण प्रहरीले नै कारबाही गर्नु पर्ने बाध्यता छ । तपाईँको मास्क खोई अभियानले मानिसहरुलाई नैतिक दवाव दिन खोजिएको छ । अरु जिल्लामा दिनहुं कोरोना संक्रमितको दर बढ्नुको मुल कारण हेलचेक्राईका साथ मास्क नलगाई हिडडुल गर्ने, स्यानिटाईजर प्रयोग नगर्ने र सामाजिक दुरी कायम नगर्नु नै मूख्य कारण हुन् ।
पर्वतमा सबै सचेत भएमा कोरोना नभित्रिने आफुहरुको ठहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले बताउनुभयो । प्रहरीले भनिरहनुभन्दा सर्वसाधारण आँफैले जानेबुझेर स्वास्थ्य सुरक्षा अपनाउनुपर्नेमा अधिकारीले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!