नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या पाँच सय सात - News site from Nepal
नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या पाँच सय सात

काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या पाँच सय नाघेको छ ।
अहिलेसम्म पाँच सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे विवरण अनुसार थप २० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा पहिलाे पटक काेराेना सङ्क्रमण देखिएकाे छ ।
नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमितमध्ये ४९ जना उपचारपछि निकाे भएका छन् भने तीन जनाकाे ज्यान गएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!