पर्वतका सवै नाकामा हेल्थ डेक्स, १५ बेडको क्वारेन्टाईन बनाईदै - News site from Nepal

पर्वत- पर्वत जिल्ला प्रवेश गर्ने सातवटा सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिने भएको छ ।
आइतवार विहान जिल्ला प्रशासन कार्यालय पर्वतमा सम्पन्न सर्वपक्षिय वैठकले सातवटै नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो । मध्यपहाड लोकमार्ग अन्तर्गत कास्कीको सिमाना डिमुवा, पर्वत र बागलुङको सिमाना मालढुंगा, म्याग्दी र पर्वतको सिमाना वारीवेनी, पर्वत र स्याङ्जाको सिमाना कार्किनेटा र पाखापानी, तथा हुवास र सेतीवेणीमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भएको हो । सातै स्थानवाट प्रवशे गर्ने सवारी साधनका चालक र यात्रुहरुलाई ज्वरो, रुघाखोकी परिक्षण गरिने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले बताउनुभयो ।
त्यसैगरी सदरमुकाम कुश्माबजारमा १५ वेडको क्वारेन्टाईन बनाईने भएको छ । कुश्मामा रहेको गुप्तेश्वर बहुमुखि क्याम्पसमा १५ वेडको क्वारेन्टाईन बनाउन लागिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । चौविस घण्टाभित्र सम्पन्न गरि संचालनमा ल्याईने भएको छ ।
त्यसैगरी जिल्लावासीहरुलाई सेल्फ क्वारेन्टाईनमा बस्नका लागि माईकिङ गरिने भएको छ । भने जिल्ला वासीहरुलाई सुरक्षित रुपमा घरमै बस्न, हिडडुल नगर्न र भिड नगर्न आग्रह गरिने प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।
त्यस्तै बजार अनुगमन समेत नियमित भैरहेको प्रशासनले जनाएको छ ।
यता जिल्लाका सरकारी कार्यालयहरुमा पनि सवैजसो सेवा बन्द गरिएको छ । अत्यावश्यक सेवा बाहेक सवैजसो सेवा बन्द गरिएको हो । कार्यालय खुलेपनि कुनैपनि सेवा प्रवाह नहुने भएका छन् ।
यस अघि शनिवारदेखि पर्वतको डिमुवामा भने हेल्थ डेस्क संचालनमा आईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!