पर्वतमा सक्रिय एकता युवा क्लवको अध्यक्षमा चापागाई - News site from Nepal
पर्वतमा सक्रिय एकता युवा क्लवको अध्यक्षमा चापागाई

पर्वत– ‘परिवर्तनका सम्बाहक युवाको एकता आजको आवश्यकता’ भन्ने नाराका साथ २०६४ सालमा स्थापना गरिएको यस एकता क्लवको ११ औं साधारण सभा तथा ७ औं अधिबेसन सम्पन्न भएको छ ।
अधिवेशनले बिजय चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । क्लवको उपाध्क्षमा गोकुल चापागाई, सचिव अमृतप्रसाद पोख्रेल, कोषाध्क्षमा तारा पोख्रेल र सह–सचिवमा बिकास केसी रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा राजेन्द्र बहादुर आचार्य, दिनेश तिवारी, मौसम आचार्य, सन्तोष क्षेत्री, थोमस भन्डारी, बिज्ञान केसी, बिष्णु पाठक, मिना बाँनिया के.सी.,पार्वती पौडेल सुजिता गुरूङ के.सी. रहनुभएको छ ।
निबर्तमान अध्यक्ष नरेन्द्र बहादुर खत्रीको अध्यतामा सम्पन्न कार्यक्रमको संचालन क्लवका सचिब गोकुल चापागाईले गर्नुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष बिक्रम केसी, पूर्व अध्यक्ष सूर्य के.सी, पूर्व अध्यक्ष अच्यूत तिवारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!