अभियान उद्घाटन कार्यक्रममा सत्तारुढ नेकपाका जिल्ला सचिवालय सदस्य ढाकाराम गौतम ‘सन्देश’को नेतृत्वमा काँग्रेस र नेकपाका कार्यकर्ताहरु विद्रोह गरी समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
पार्टीमा प्रवेश गर्ने नेता कार्यकर्तालाई डा. बाबुराम भट्टराईले स्वागत एवं सम्मान गर्दै पुराना साथीरुसँग पूर्नमिलन भएको बताए ।
पार्टी प्रवेश गर्दै नेता ढाकाराम गौतम ‘सन्देश’ले सत्तारुढ कम्युनिष्ट पार्टीका भ्रष्टाचारी नेताहरुको साक्षी बन्न नसक्दै समुन्नत राष्ट्र निर्माणका लागि समाजवादी पार्टीमा प्रवेश गरेको बताए ।
गौतमले नक्कली कम्युनिष्टहरुको हातमा सत्ताको चाबी परेको र ईमान्दारहरु भ्रष्टाचारीहरुको साक्षी बन्नुपरेको भन्दै नेकपामा रहेका ईमान्दार नेता कार्यकर्तालाई विद्रोह गरी समाजावदी पार्टीमा प्रवेश गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा र नेपाली कांग्रेसको राजनीति गर्दै आएका तथा आस्था राख्दै आएका एक दर्जन भन्दा बढि व्यक्ति डा भट्टराईको हातबाट टीका लगाएर समाजवादी पार्टीमा प्रवेश गरेका छन्।