
काठमाण्डाै – गएको २४ घण्टामा एक हजार ७९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निकाे हुनेकाे सङ्ख्या दुई लाख ४४ हजार सात ४३ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ६ हजार तीन सय ५१ जनाको पीसीआर परीक्षण गरिएकाेमा सात सय ४२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । नेपालमा अहिलेसम्म दुई लाख ५४ हजार पाँच सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ९५ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार नाै सय ७६ रहेको छ ।