कर्मचारीमा कोरोना देखिएपछि पर्वतको महाशीला गाउँपालिकाका सवै सेवा बन्द - News site from Nepal

पर्वत –  गाउँपालिकाको कार्यालयमा कार्यरत एक कर्मचारी सहित समुदायमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको महाशीला गाउँपालिकाका सवै सेवा बन्द गरिएको छ ।
मंगलवार पोखरा क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि बुधवारदेखि गाउँपालिकाको कार्यालय सहित वडा नं. ३ बालाकोट तथा वडा नं. ५ लुंखुदेउरालीका सवै सेवा बन्द गरिएको हो ।
गाउँपालिकावाट सम्पादन हुने अत्यावश्यक काम बाहेक सवैसेवा केहि दिनका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभएको छ । उहाँले समुदायस्तरमा थप संक्रमण नफैलियोस भनेर मानिसहरुको बढि चहलपहल र भिडभाड हुने ठाउँहरु बन्द गर्ने निणर्य गरिएको हो ।
कन्ट्रयाक ट्रेसिङमा परेका उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । मंगलबार साझ बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले जोखिम युक्त स्थानहरुमा कडाई गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकबाट प्रवाह हुने सेवा, प्रथामिक स्वास्थ्य केन्द्रबाट हुने आकस्मिक बाहेकका सेवा, इगल क्याफे सहित लुंखुदेउराली बजार, एकपाटे मिलनचोक बजार, बालकोट बारेडाँड, काफलडाँडा क्षेत्र र बाटेटोल अर्को सुचना नभए सम्मको लागि अत्यावश्यक काम बाहेक आवत जावत बन्द गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसैगरी पालिकाले अन्य जिल्लावाट पालिकामा आउन समेत रोक लगाएको छ भने अत्यावश्यक कामले आउनुपरेमा पालिका वा वडा कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुसँगको सम्र्पकमा रहेका सवै व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले विज्ञप्ती मार्फत सूचना गरेको छ । आवश्यक सुरक्षा सावधानि अपनाउन आग्रह गर्दै पालिकाले सम्पर्कमा रहेका सवैको पिसिआर परिक्षण गर्ने तयारी गरेको छ ।
महाशीला गाउँपालिकामा कार्यरत ३९ वर्षका एक पुरुष सोहि वडाका ४७ वर्षका अर्का पुरुष र वडा नं. ३ वालाकोटका एक जना ५९ वर्षिय पुरुषमा मंगलवार संक्रममण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!