नेपालमा २४ घण्टामा १ हजार १४५ संक्रमित थपिए - News site from Nepal
नेपालमा २४ घण्टामा १ हजार १४५ संक्रमित थपिए

काठमाडौँ–  नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा नाै हजार पाँच सय ३३ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार पाँच जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४७ हजार दुई सय ३८ पुगेको छ ।
अब नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!