पर्वतको कुश्मा नगरपालिकाका सवै सेवा नियमित सुचारु - News site from Nepal
पर्वतको कुश्मा नगरपालिकाका सवै सेवा नियमित सुचारु

पर्वत- कुश्मा नगरपालिकाका सवै सेवाहरु आइतवारदेखि नियमित सुचारु भएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण समुदायस्तरमा फैलन सक्ने खतरालाई दृष्टिगत गरि गएको भदौ १५ गतेदेखि रोकिएका सवै सेवाहरु आइतवारदेखि सुचारु गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत हरि पंगिनीले जानकारी दिनुभयो । उहाँले कोरोना भाईरवाट हुन सकने जोखिममा उच्च सतर्कता अपनाई कार्यालयमा सेवा लिन आउने सेवाग्राही र कर्मचारीहरुलाई जनस्वास्थ्य सम्वन्धी सुरक्षाका मापदण्ड पालन गर्न आग्रह गर्नुभएको छ ।
उहाँले सेवाग्राही र सेवाप्रदायक दुवै पक्षलाई मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दुुरी कायम गर्न र सावुन पानीले हात धुने वा सेनिटाईजरको प्रयोगमा ध्यान दिन समेत आग्रह गर्नुभएको छ ।
अत्यावश्यक सेवाहरु नरोकिएको भएपनि योजना सम्झौता, भुक्तानी, फरफारक, राजश्व संकलन लगायतका सेवाहरु रोकिएको थियो । आइतवारदेखि सवै सेवा सुचारु भएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उहाँका अनुसार नगरकार्यपालिकाको कार्यालयका साथै सवै विषयगत शाखा र वडामा पनि सेवा नियमित रुपमा सुचारु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!