पर्वतको कुश्मामा घरको छानो छाउने क्रममा खसेर मजदुरको मृत्यु - News site from Nepal

पर्वत– पर्वतको कुस्मामा घरको टिनको छानो छाउने क्रममा खसेर एक मजदुरको ज्यान गएको छ ।
कुस्मा नगरपालिका वडा नं ४ छमर्के घुम्ती स्थित फोहोरमैला ब्यबस्थापन केन्द्रको बुधबार दिउँसो टिनको छानो छाउने क्रममा खसेर ३४ बर्षिय चन्द्रमान चौधरीको मृत्यु भएको हो । चौधरी बर्दिया घर भई हाल पर्वतको कुश्मा नगरपालिका –६ दुर्लुङ चोक स्थित आरडि ग्रिल उधोगमा कार्यरत थिए ।
घरको टिनको छानो छाउने क्रममा अन्दाजी १० फिट तल खसि गम्भीर घाईते भएका चौधरीलाई उपचारको लागि मणिपाल हस्पिटल पोखरा लगिएको थियो । हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई शुरुमा पर्वत अस्पतालमा लगिएको भएपनि अवस्था जटिल भएपछि थप थप उपचार लागि पोखरा रिफर भएको थियो ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!