कोरोनाबाट जोगाउन निशुल्क मास्क वितरण गर्दै महाशीलाका प्रवक्ता - News site from Nepal

पर्वत– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि देशव्यापि रुपमा अभियान थालिएको छ । स्थानीय सरकारहरु पनि संक्रमणको रोकथामका लागि विभिन्न रचनात्मक काममा जुटेका छन् ।
यसैबीच पर्वतको महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीले स्थानीय नागरिकहरुलाई निशुल्क मास्क वितरण गर्न थालेको छ । महाशीला गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष जीवन विक्रम उच्चैले शुक्रवार देखि एक हजार पाँच सय भन्दा बढि मास्क विरतण गरिएको बताए । यस अघि महाशीलामा भित्रिने यात्रु तथा सवारी चालकको स्वास्थ्य परिक्षण गर्नका लागि हेल्थ डेक्स समेत स्थापना गरिएको छ । गाउँपालिकाको सहयोग र स्थानीय प्राथमिक स्वास्थ्य चौकीको अगुवाईमा हेल्थ डेस्क स्थापना गरिएको हो ।
महाशीलामा भित्रिने यात्रु तथा चालकहरुलाई उक्त हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण गर्न थालिएको छ । गाउँपालिकाले संक्रमण रोकथामका लागि सचेतनामुलक पर्चा पम्प्लेट पनि वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!