पर्वतको फलेवासले ग¥यो विद्यार्थीको उपलब्धि मापन, मेयर आफै अनुगमनमा - News site from Nepal

पर्बत– पर्वतको फलेवास नगरपालिकाहरुले विद्यार्थीहरुको उपलव्धी मापन गरेको छ । शैक्षिक सत्रको अन्त्यमा विद्यार्थीहरुले वर्षभरीमा विद्यार्थीले के कति ज्ञान आर्जन गरे ? उनिईको सिकाईको स्तर के छ ? भन्ने विषयमा सर्भेक्षण गर्नका लागि उपलव्धि मापन गरेको हो ।
बुधवार नगरभित्रका ११ वटै वडामा रहेका ५० वटा विद्यालयमा एकैपटक परिक्षा गरिएको हो । कक्षा १, ३ र ५ का विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर परिक्षा लिईएको हो ।
मंगलवार मात्रै विद्यार्थीहरुको बार्षिक परिक्षा सकिएको थियो । तर शिक्षकहरुले आफ्नो विद्यालयका विद्यार्थीहरुलाई उत्कृष्ट देखाउन परिक्षालाई प्रभावकारी नबनाउने, शैक्षिक गणस्तरमा ध्यान नदिने पाईएको अवस्थामा नगरपालिकाले शिक्षकहरुको सहभागिता बिनानै आफ्नै कर्मचारी खटाएर परिक्षा लिएको थियो ।
उक्त परिक्षाको नतिजा पछि नगरपालिकाले छुट्टै शैक्षिक रणनीति तयार गर्ने भएको छ । विद्यार्थीहरुको क्षमता पहिचान गरी सोहि अनुसारको रणनीति तयार गरिने नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । उनका अनुसार यस्तो खालको उपलव्धि मापन प्रदेशमै पहिलोपटक फलेवासमा भएको हो ।
विद्यार्थीहरुको वास्तविक अवस्था के छ भन्ने बुझ्न यसरी परिक्षा लिईएको उनले बताए । उनका अनुसार सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्ता खालको उपलव्धि मापन विधिले थप सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन् । विद्यालमा लिईने परिक्षाहरुको वैधता के छ, अब विद्यार्थीहरुका थप क्षमता विकास गर्न, शिक्षकहरुलाई प्रविधिमैत्री बनाउनका लागि पनि नगरपालिकाले शिक्षामा पुर्नजागरण अभियान थाल्ने योजना समेत बनाएको नगरप्रमुख शर्माले जानकारी दिए ।
विद्यार्थीहरुको निजि विद्यालयतर्फको आकर्षण घटाउन गत वर्षदेखिनै अंग्रेजी माध्यमवाट नगरका विद्यालयमा पठन पाठन थालेको फलेवासले यस्तो खालको परिक्षालाई निरन्तरता दिने जनाएको छ ।
बिहीवार लिईएको परिक्षाका उत्तरपुस्तिका चेकजाँच हुन थालेको र नतिजा आईसकेपछि थप योजना बन्ने नगर शिक्षा अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
परिक्षा अनुगमनको लागि फलेवासका नगरप्रमुख शर्मा आफै खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!