पर्वतको क्याङमा ट्याक्टर दुर्घटना एकको मृत्यु, दुई गम्भीर घाईते - News site from Nepal

पर्बत-  पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङबाट मोदी गाउँपालिका वडा नं. ४ क्याङतर्फ जाँदै गरेको ट्याक्टर शुक्रवार राती मेक्सार गाउँमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार मोदी–४ लेस्पारका २६ वर्षिय बमबहादुर पुन रहेका छन् । त्यसैगरी घाईते हुनेमा सोहि ठाउँका बिजय पुन र प्रकाश पुन रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो ।
दुवै जना घाईतेको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । भने अवस्था गम्भीर रहेको छ । ध १ प ४९९ नम्वरको उक्त ट्याक्टर अनियन्त्रीत भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!