पर्वतको दोविल्ला–कार्किनेटा सडक कालोपत्रे हुँदै भोलीदेखि एक महिना दिउँसोमा यातायात बन्द हुने - News site from Nepal

पर्वत– सिल्मीचोक कार्कीनेटा सडक खण्ड कालोपत्रे गरिदै पर्वत । सिल्मीचोक कार्कीनेटा सडक खण्डको सवारी आगमनको दिवा सेवा एक महिना बन्द हुने भएको छ ।
जिल्ला प्रसासन कार्यालयमा आज बसेको निमार्ण समिति र सरोकारवाल नागरिकहरुको बैठकले यस्तो निर्णय गरेको छ । यही फाल्गुन १० गते देखि चैत ९ गते सम्म विहान १० बजे देखि ४ बजे सम्म सडक कालोपत्रे गर्नुपूर्व ढलान,ग्राभेल सहित रोलिङलाई समय आवश्य परे पछि निमार्ण कम्पिनीले काम गर्ने समय छुट्टाएको हो ।
अन्यथा विहान १० बजे सम्म र वेलुका ४ बजे सम्म यातायता सञ्चालन हुने छन् । १२ सय मिटर ग्रावेल,१२ सय मिटर ढलान तत्काल हने भएको छ । भने,सिल्मी गैराघर चोक हुँदै ठूलिपोखरी सम्मको ५ किलोमिटर सडक पिच हुन लागेको छ । आशिष फेवा जेभी कन्स्ट्रकसनको रोहोवरमा रहेर आइटी कन्स्ट्रकसनले यो खण्ड स्तरन्नती सहित पिच गर्न लागेको हो ।
केन्द्रिय आयोजन अन्र्तगत ७ करोडको लागतमा कालोपत्र हुन लागेको हो । यो समयमा दिउसो समेत सवारीमा यात्रा गर्न चाहेमा सराईकलचोक–गहतेपोखरा, बुमखि हुँदै ठुलीपोखरीको बाटो प्रयोग गर्न सकिने पर्वत यातायात समितिसँग सम्झैता गरिएको छ ।
स्थानीय शिक्षक रामं बहादुर के.सीले यो खण्डको कालोपत्रेको काम गुणस्तरीय रुपमा गर्न सरोकारवालाहरुलाई समेत जागरुक बनाउने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला प्रहरी,उद्योग बाणिज्य संघ,स्थानीय वडा कार्यालय,यातायात व्यवसायी,पूर्वाधार कार्यालयका प्रतिािधि सहित पत्रकारहरुको सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!