
पर्वत– लायन्स क्लव अफ कुश्मा सिटीको आयोजनामा रुकमाया जोशीको छैटौ स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्वर्गिय रुकमाया जोशीकोस्मृतिमा संचालित रुकमाया कोषको तर्फवाट सामाजिक क्षेत्रमा क्रियाशील तीन महिलालाई सम्मानीत गरिएको छ ।
सीतादेवि खत्री, भगवती शर्मा र उमादेवी पौडेललाई दोसल्ला, र सम्मानपत्रले सम्मानित गरिएको हो ।
कार्यक्रममा लायन्स क्लवका को चिफ एडभाईजर बसन्तकुमार कर्माचार्य, सिनीयर एडभाईजर तथा कोषका संरक्षक काशीकुमार जोशी, कुश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चित्रकला शर्मा, लायन्स क्लवका क्लष्टर चिफ विषमकुमार श्रेष्ठ, लायन्स क्लव अफ शिवालयका अध्यक्ष डिल्लीराम शर्मा लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा क्लवका निवर्तमान अध्यक्ष सरस्वती शर्मा जिज्ञासुले स्वर्गिय रुकमाया जोशीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । लायन्स क्लव अफ कुश्मा सिटीका अध्यक्ष मञ्जु शिलाकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा स्वागत सिता कुमारी सुवेदी र संचालन प्रभारत्न जोशीले गर्नुभएको थियो ।
एक लाख ७७ हजार राशीको उक्त कोष मार्फत समाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई वर्षेनी सम्मान तथा रचनात्मक कामहरु गरिदै आएको छ ।