पर्वतका कम्युनिष्ट नेता सुवेदीको निधन - News site from Nepal
पर्वतका कम्युनिष्ट नेता सुवेदीको निधन

पर्वत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका नेता बाबुराम सुवेदीको निधन भएको छ । तत्कालीन जिल्ला विकास समिति पर्वतको सदस्य समेत रहेका सुवेदीको ७७ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा पर्वत जिल्लाको इलाका न ४ को तर्फबाट जनप्रतिनिधिको रुपमा जिविस सदस्य बनेका थिए । सुबेदी तत्कालीन नेकपा एमालेका बुद्धिजीवि परिषदको केन्द्रिय सल्लाहकार समेत हुनुहुन्थ्यो । नवजागृत माबि लगायतका बिद्यालयमा शिक्षण गर्नुभएका सुबेदी नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

कुश्मा नगरपालिका वडा न ११ पकुवामा जन्मनुभएका सुवेदीको बसोबास अहिले कुश्मा नगरपालिका वडा न ७ खरेहामा रहेको छ । कम्युनिष्ट पार्टीका पर्वतका संस्थापक नेता मध्येका एक सुवेदीको निधनमा नेकपा पर्वत जिल्ला कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल लगायतका नेताहरुले दुःख ब्यक्त गर्नुभएको छ ।

सुवेदीको विहिबार कु्श्मा स्थित मोदीवेणीघाटमा अत्यष्टि गरिने परिवार श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!