पर्वतमा अध्याँरोमा बत्ती बल्ने पत्थर बिक्रीको नाममा ठगी गर्ने थुनामा - News site from Nepal

पर्वत- अध्याँरोमा बत्ती बल्ने बहुमुल्य पत्थर बिक्री गर्ने नाममा ठगी गर्ने गिरोहका दुई सदस्य पुर्पक्षका लागि थुनामा परेका छन । अध्याँरोमा बत्ती बल्ने बहुमुल्य पत्थर दिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका दुई जना पर्वत जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा परेका हुन ।
ठगी आरोपमा थृुनामा पर्नेमा पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँका ४० बर्षिय निर्मल बिक र बागलुङ्ग नगरपालिका वडा नं १४ बलेवा घर भै पर्वतको जलजला गाउँपालिका वडा नं ३ वारी बेनीमा बस्दै आएका २४ बर्षिय मञ्जिल साह रहेका छन ।
ठगी आरोपमा नै पक्राउ परेकी निर्मल बिककी श्रीमती ३६ बर्षिया गुमा बिक, म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुकोट घर भै बेनीबजारको हुलाकचोकमा बस्ने मनिष बोहोरा र बागलुङ जिल्लाको जैमीनि नगरपालिका वडा नं. ६ घर भई हाल पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ६ मा बस्दै आएका ६० बर्षिय कोपिल मल्ल भने धरौटीमा छुटेका छन् ।
मनिष बोहोरा १ लाख र गुमा बिक र कोपिल मल्ल जनही ५० हजार धरौटीमा छुटेका हुन । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीका अनुसार पक्राउ परेका निर्मल बिकले रुपन्देहीको बुटबल बस्ने एक जना संग सम्पर्क गरि बहुमुल्य पत्थर.(बल्ने पत्थर) आफुँ संग रहेको र धेरै महंगो मुल्यमा बिक्री गर्न सकिने भनेर ५० हजार रुपैया पेस्की लिएका थिए ।
श्रीमती गुमा बिकका नाममा ५० हजार पठाएपछि निर्मलले पिडीतलाई बल्ने ढुंगाको बारेमा भिडियो समेत पठाएका थिए । बल्ने ढुंगाका बारेमा बुझ्ने क्रममा यस्तो कृतिम ढंगले बनाइएकोले आफुँ ठगिएको साथै गैह्रकानुनी काममा संलग्न गराउन खोजेको बुझेपछि प्रहरीमा उजुरी गरेका थिए । बिक दम्पती र बोहोरा तथा शाहलाई साउन १० गते नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!