नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिए - News site from Nepal
नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं : सोमबार नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बागमती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ।
यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ। सोमबार ४ हजार २ सय १६ गरी आजसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ।
सोमबार कोरोना मुक्त भएर १ सय ७३ जना डिस्चार्ज भएका छन्। आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५२, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९७, बागमती प्रदेशमा ४ सय ५१ र गण्डकी प्रदेश १ हजार ४ जना संक्रमित निको भएर घर फर्किएका छन्। प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना निको भएर घर फर्किएका छन्।
अहिलेसम्म ११ हजार ८ सय ६८ जना डिस्चार्ज भएको उनले बताए।  अहिले देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ९ सय ३६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। प्रदेश नम्बर १ मा ९३, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३३, बागमती प्रदेशमा ३ सय ९९ र गण्डकी प्रदेशमा ३ सय ८४ जना संक्रमितको उपचार भइरहेको छ। यस्तै प्रदेश नम्बर ५ मा ४ सय १०, कर्णाली प्रदेशमा २ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना संक्रमित उपचाररत रहेका छन्।
अहिले २२ हजार २ सय २८ जना देशभरका क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!